Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


यी हुन् नियम अनुसार छात्रवृत्ति नदिने महानगरका विद्यालयहरू

एक्सन खबर
जेठ, २३, २०८०


यी हुन् नियम अनुसार छात्रवृत्ति नदिने महानगरका विद्यालयहरू

काठमाडाैं, २३ जेठ । नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाले गत जेठ १० गते महानगरका सबै विद्यालयहरूलाई  १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो ।

महानगरकाे सूचनालाई अटेर गरी त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरिएकाे हाे । छात्रवृत्ति नदिने विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमादिइएको छ ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने भनिएकाे छ ।














0 प्रतिकृया