प्रतिनिधि सभा तथा राष्ट्रिय सभाकाे बैठक बस्दै
एक्सन खबर
काठमाडाैं, २३ जेठ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक मंगलबार बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । भने, राष्ट्रिय सभाको बैठक दिउँसो ११ बजेर ११ मिनेटमा बोलाइएको छ ।
संसद सचिवालयका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेश गरेकाे आगामी २०८०/०८१ को बजेट माथि छलफल गर्न बैठक बाेलाइएकाे हाे ।
प्रतिनिधि सभा बैठकमा आगामी २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले बताएको छ ।
राष्ट्रिय सभा बैठकमा पनि आजबाट बजेटमाथिको छलफल सुरू हुने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्खरै गरेको भारत भ्रमणको जानकारी गराउने कार्यसूची राखिएको छ ।
प्रधानमन्त्री खप्तड जाने तयारी रहेकाले राष्ट्रिय सभामा भ्रमणबारे आज जानकारी गराउने या नगराउने यकिन नभइसकेको उनको सचिवालयले जानकारी गराएकाे छ ।
0 प्रतिकृया