असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक
एक्सन खबर
काठमाडाैं, २५ जेठ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाएको हाे ।
कार्यालयले एक सूचना प्रकाशित गरि वर्षायाममा सडक खन्दा सडक झनै विग्रँदै जाने भएकाले ३ महिना सडक खन्न स्कीकृति नदिइने बताएकाे छ । ‘सडक पनि थप बिग्रदै जाने भएकोले यही यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सड़क खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ कार्यालयले जारी सार्वजनिक सूचनामा उल्लेख गरिएकाे छ ।
खानेपानी, ढल, बिजुली, टेलिफाेन जस्ता सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम छ । पछिल्लाे समय विद्युतिय र टेलिफाेनका तारहरू भूमिगत गर्ने कार्यले उपत्यकाका धेरै स्थानहरूमा सडक तथा फुटपाथ खनिएका छन् । कसैले जवरजस्ती सडक खनेकाे पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारवाही गर्ने कार्यालयले जनाएकाे छ ।
0 प्रतिकृया