Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेपाल मेडिकल कलेज भित्र ग्रिन मार्ट सञ्चालनमा

एक्सन खबर
जेठ, २५, २०८०


नेपाल मेडिकल कलेज भित्र ग्रिन मार्ट सञ्चालनमा

काठमाडौं, २५ जेठ । नेपाल मेडिकल कलेज परिसरमा सुविधासम्पन्न मार्ट सञ्चालनमा ल्याइएको छ । मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी, उपचारका लागि भर्ना भएका विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तुहरु सहजै उपलब्ध गराउनका लागि मार्ट सञ्चालनमा ल्याइएको हो ।

बुधबार कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मार्टको उद्घाटन गर्दै विद्यार्थी तथा उपभोक्ताहरुलाई दैनिक उपभोग्य सामग्रीहरु सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्न मार्टले सहयोग पुग्ने बताए ।

विहान ७ बजेदेखि राती ९ बजेसम्म खुल्ने मार्टमा खाद्यान्न, ग्रोसरीसँगै कस्मेटिक्स र किचन तथा वाथरुमका सामानहरु पाइन्छन् । ग्रिनमार्ट नामले सञ्चालित मार्टमा बजारको भन्दा सर्वसुलभ मुल्यमा दैनिक उपभोग्य सामग्रीहरु खरिद गर्न सकिने सञ्चालक सबरे आलमले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा कलेजका अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठ, भाइसप्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, मेट्रोन लगायत कलेजका डाक्टर, नर्स, कर्मचारी र विद्यार्थीहरु सहभागी रहेको कलेजका अस्पताल इन्चार्ज दिलिप साहले जानकारी दिए ।

पछिल्लो समय नेपाल मेडिकल कलेजले आफ्नो स्वास्थ्य सेवाहरुसँगै बिरामी त्यहाँ कार्यरत चिकित्सक, अध्ययनरत विद्यार्थीहरुका सुविधाका लागि सेवाहरु थप गर्दै लगिरहेको छ । विरगञ्जका सफल मेडिकल व्यवसायी बसरुद्धिन अन्सारी कलेजको व्यवस्थापनको नेतृत्वमा आएसँगै नयाँ स्वास्थ्य सेवा थप गर्ने, पूर्वाधार निर्माण गर्ने र प्रशासनिक सुधारका कामहरु भइरहेका छन् ।













0 प्रतिकृया