Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


विश्व ब्रेन ट्युमर दिवसको अवसरमा केएमसीमा कार्यक्रम

एक्सन खबर
जेठ, २५, २०८०


विश्व ब्रेन ट्युमर दिवसको अवसरमा केएमसीमा कार्यक्रम

काठमाडौं, २५ जेठ । विश्व ब्रेन ट्युमर दिवस २०२३ को अवसरमा काठमाडौं मेडिकल कलेजले ब्रेन ट्युमरका बिरामीलाई सचेतना र सहयोग गर्ने उद्देश्यले सार्वजनिक व्याख्यान कार्यक्रम गरेको छ । यस वर्ष नेपालमा ब्रेन ट्युमरका लागि केएमसीले ‘चाडै पत्ता लगाउनु, रोगको निदानको लागि महत्वपूर्ण छ’ भन्ने नारा राखेको छ।

प्रा. डा. अमित थापाको नेतृत्वमा न्यूरोसर्जरी विभाग, अंन्कोलोजी र रेडियोलोजीले केएमसीमा ट्युमर व्यवस्थापनमा भएको प्रगतिबारे छलफल गरे ।

ब्रेन ट्युमर भएको समयमै यकिन गरेर उपचार थाल्दा निको हुने डा. थापाले छलफलमा बताए । केएमसीले भित्र्याएको अत्याधुनिक उपचार पद्दतिले ब्रेन ट्युमर जस्ता रोगको उपचारमा सहजता भएको बताइयो । छलफल कार्यक्रममा ब्रेन ट्युमर, त्यसका लक्षण, नेपालको उपचार पद्दति र केएमसीले भित्र्याएको उपचारबारे चर्चा गरिएको थियो ।

केएमसीमा नेपालमा प्रयोगमा आएका एमआरआई भन्दा लेटेस्ट अत्याधुनिक हाई एन्ड थ्री टेस्ला एमआरआई बाई–प्लेन क्याथ ल्याब, इमेज गाइडेन्स सिस्टम, हाई एन्ड सर्जिकल माइक्रोस्कोप र क्रेनियल रोबोट मार्फत ब्रेन ट्युमरको सर्जिकल उपचार हुने गर्दछ ।

केएमसीको न्यूरोसर्जरी विभागले इन्डोस्कोपिक र न्यूनतम इनभेसिभबाट ब्रेन ट्युमरको सफल उपचार गरिरहेको जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । ठूला घाउ नबनाई अत्याधुनिक दुरबिन पद्दतिबाट गरिने उपचारले बिरामी छोटो समयमा निको हुने तथा उसको अस्पताल बसाई समेत कम हुने भएकोले प्रभावकारी देखिएको छ ।

ब्रेन ट्यूमर मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थालेपछि हुन्छ । कतिपय अवस्थामा ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ । विकिरण तथा हानिकारक रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ ।

शरीरको सम्पूर्ण कार्यप्रणालीलाई सञ्चालित गर्ने मस्तिष्कमा सानो गडबडी मात्र भएपनि यसले शरीरलाई नै प्रभावित पारेपछि शरीरले राम्ररी काम गर्न सक्दैन ।

ब्रेन ट्यूमरका कारण व्यक्तिको अनुहार वा शरीरको विभिन्न भाग धेरै जसो समय प्यारालाइसिस भएजस्तो हुन्छ । व्यक्तिलाई प्रायः चक्कर आउँछ । सेरिबेलममा ट्यूमर भएमा हिड्नमा समस्या हुनुका तथा खानमा पनि समस्या हुने गर्छ ।

ट्यूमर मस्तिष्कको पछाडीको भाग वा पिट्यूटरी ग्रन्थीको आसपास भएमा यसको सिधा असर आँखामा पर्छ । आँखा धमिलो वा एउटै वस्तु दुईवटा देखिन थाल्छ । मस्तिष्कको ट्यूमर कपाल तन्त्रिकाको नजिक हुने भएकाले त्यस्ता व्यक्तिको सुन्ने क्षमता हराएको हुन्छ । उनीहरुलाई शरीर नियन्त्रण गर्नमा समस्या हुनुका साथै अनुहारको मांसपेशी कमजोर हुने, खाना निल्नमा समस्या हुन्छ ।

ब्रेन ट्यूमरले सोच्ने तथा सम्झने क्षमतालाई प्रभावित पार्न सक्छ । बोल्नमा मात्र नभएर शब्द बुझ्न समेत समस्या हुनसक्छ । ब्रेन ट्यूमर मस्तिष्कको अघिल्लो भागमा छ भने यसले व्यक्तिको सोच र व्यक्तित्वलाई समेत विपरीत तरीकाले प्रभावित गर्ने चिकित्सकहरू बताउँछन् ।

ट्यूमर मस्तिष्कको जुनसुकै भागमा भएपनि टाउकोमा दवाव उत्पन्न गरी बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, उल्टी हुने अत्याधिक थकाई लाग्ने, शरीर सुस्त हुने तथा सुत्नमा समस्या हुने गर्छ ।














0 प्रतिकृया