ललितपुरको कुपण्डोलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, २६, जेठ । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले ललितपुरको कुपण्डोलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शुक्रबार केएमसीले ललितपुर महानगरपालिका वडा नं. १ सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
स्वास्थ्य शिविरमा ६११ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ५५ जनाको इसिजी, १०२ जनाको ल्याब परीक्षण र ९८ जनाको भिडियो एक्सरे गरिएको छ ।
त्यस्तै, ७ जनाको दाँत खोलिँदा ३३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा स्वास्थ्य परीक्षण गरी उपचारका लागि केएमसी आउनेलाई विभिन्न छुटहरु पनि दिइने गरिएको छ । शिविरमा स्थानीय वडाबासीहरुको सहभागीता थियो ।
केएमसीले गाउँशहर सबैतिर निःशुःक स्वास्थ्य शिविर चलाई रहेको छ । हालका प्रतिनिधि सभा सांसद डा. सुनिल शर्माले ३ वर्षअघि केएमसी सम्हालेसँगै त्यहाँको स्वास्थ्य सेवा परिस्कृत, अत्याधुनिक बनाउँदै लगिएको छ । डा. शर्मा केएमसीको कार्यकारी पदमा नरहेपनि उनले थालनी गरेको समाजसेवाको कार्यलाई गाउँगाउँ पुर्याइएको छ ।
0 प्रतिकृया