न्याम्सको उपकुलपतिका लागि दरखास्त आह्वान
एक्सन खबर
काठमाडौं, २७ जेठ । केही समयदेखी खाली रहेकाे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सात दिनको समय दिएर उपकुलपतिमा दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन गरिएकाे छ । प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल ’प्रचण्ड’ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका हुन् ।
उक्त कमिटीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिस गर्ने छ । इच्छुक उम्मेदवारले निवेदनसँगै विस्तृत कार्ययोजना, अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नविकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्ने छ ।
इच्छुक व्यक्तिले सात दिनभित्र मन्त्रालयमै वा इमेल ठेगाना heocmohp@gmail.com मा आवेदन दिन सक्नेछन् । हाल प्रा.डा भुपेन्द्र बस्नेत न्याम्सको निमित्त उपकुलपति छन् ।
0 प्रतिकृया