Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेक र केयुका ४४ जनाले पुरा गरे विश्वव्यापी सरसफाई सम्बन्धी तालिम

एक्सन खबर
जेठ, २८, २०८०


नेक र केयुका ४४ जनाले पुरा गरे विश्वव्यापी सरसफाई सम्बन्धी तालिम

काठमाडाैं, २८ जेठ । उच्च शिक्षाकोलागि देशमै ख्याति प्राप्त दुईवटा मुनाफारहित शैक्षिक संस्थाहरू नेपाल इन्जिनियरिङ कलेज (नेक) र काठमाडौ विश्वविद्यालय (केयु) ले ४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् । नेक र केयुले आज एक समारोहका बिच आ–आफ्नो संस्थामा सञ्चालित तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेकाे हाे ।

नेक र केयुले अमेरिकाको बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र नेदरल्याण्डको आईएचइ संस्थाको संयोजकत्वमा विश्वव्यापीरूपमा सञ्चालित सरसफाई सम्बन्धी पेशागत तालिमहरू चलाइरहेका छन् ।

यस वर्षको तालिम कार्यक्रम नेकले सन् २०२२ नोभेम्बर देखि २०२३ मार्च सम्म र केयुले २०२२ डिसेम्बर देखि २०२३ अप्रिल सम्म आयोजना गरेका थिए । नेकले सरसफाई प्रविधिमा पेशागत अध्ययन कार्यक्रममा यसपल्ट नौ जना महिला र १० जना पुरूष गरी १९ जनाले तालिमका सबै मापदण्डहरू पुरा गर्न सफल भएका थिए ।

सोहि विषयमा केयुले आयोजना गरेको कार्यक्रममा चारजना विदेशी विद्यार्थीहरू सहित जम्मा २५ जना प्रशिक्षार्थीहरू सफल भएका थिए । अघिल्लो वर्ष पनि यी दुबै संस्थाहरूले समान प्रकृतिका कार्यक्रमहरू सञ्चालन गरेका थिए । विश्वव्यापी मान्यता प्राप्त यो तालिमको प्रमाणपत्र पाएकाहरू प्राविधिकहरूले सरसफाई क्षेत्रमा कुनै पनि देशमा कामकोलागि आवेदन दिन सक्ने छन् ।

नेपालमा सरसफाई विधामा गर्नुपर्ने सुधारहरू व्यापक भएकोले प्रशिक्षित प्राविधिकहरूले देशमै योगदान गर्नसक्ने क्षेत्रहरू धेरै छन् । नेपाल सरकारको सम्बन्धित निकायले पहल गरेमा प्रशिक्षित प्राविधिकहरूलाई देशमै सेवा गर्न मौका दिने वातावरण बनाउन नेक र केयु इच्छुक रहेको नेकका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र केयुका आयोजना प्रमुख प्रा.डा. बिम प्रसाद श्रेष्ठले बताए ।

कार्यक्रमको संयोजन नेकको तर्फबाट उपप्राध्यापक विनय शाक्यले तथा केयुको तर्फबाट उपप्राध्यापक सुमन धुँ श्रेष्ठले गरेका थिए ।
















0 प्रतिकृया