Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


युद्ध अपराध गरेको भन्दै प्रचण्ड र बाबुराम भट्टराई विरूद्ध सर्वोच्चमा रिट दर्ता

एक्सन खबर
जेठ, २८, २०८०


युद्ध अपराध गरेको भन्दै प्रचण्ड र बाबुराम भट्टराई विरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, २६ जेठ । सशस्त्र जनयुद्धका बेला अबोध नाबालकलाई बालसेनाकाे रूपमा प्रयाेग गरेकाे जिकीर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएकोमा दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हाे ।

गत शुक्रबार सर्वाेच्चले रिट दर्ता गर्न आदेश दिएसँगै प्रधानमन्त्री प्रचण्डकाे राजिनामा पनि माग गरिएकाे छ । सर्वाेच्चले उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति समेत तोकिएको छ ।

रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत लेलिन विस्टकाे माग छ ।

प्रधानमन्त्रीकाे राजिनामा माग


आइतबारकाे प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वाेच्चले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेकोले प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे ।

‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यु यो संसदको सदस्य पनि हो । तर आज सम्माननीय प्रधानमन्त्रीज्युको बिरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्युलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ, म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो ३० गते प्रधानमन्त्रीज्यु अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले धारणा संसद रेकर्डबाट हटाउन माग गरे । सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताए ।













0 प्रतिकृया