बजेट माथि उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री
एक्सन खबर
काठमाडौं, २९ जेठ । बजेटमाथिकाे छलफल गर्न चलिरहेकाे प्रतिनिधि सभा बैठक आजपनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।
जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएकोमा हिजाे आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिने कार्यसूची रहेकाे छ ।
अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ । बजेटमाथि प्रतिपक्ष नेकपा एमाले, रास्वपा, राप्रपासँगै सत्तारूढ दलकै सांसदहरूले चर्काे टिप्पणी गरिरहेकाले अर्थमन्त्री दवावमा छन् ।
0 प्रतिकृया