Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


मौसम: क्रमिक रूपमा गर्मी कम हुँदै, हल्का वर्षाकाे संभावना

एक्सन खबर
जेठ, २९, २०८०


मौसम: क्रमिक रूपमा गर्मी कम हुँदै, हल्का वर्षाकाे संभावना

काठमाडाैं, २९ जेठ । हाल देशको मौसमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हल्का वर्षा सुरू भएसँगै केहि दिनदेखि अचाक्ली गर्मी कम हुँदै गएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसोपख कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । केही दिनमै मौसम भारतकाे केरला हुँदै नेपाल भित्रने पूर्वानुमान छ ।

देशका अधिकांश भू–भागमा बदली र केही ठाउँमा वर्षा भएपछि गर्मीकम हुँदै गएकाे छ । नेपालकाे पूर्वीक्षेत्रतिर गर्मी क्रमिकरूपमा घट्ने, मध्य क्षेत्रमा भने केही दिन कायमै रहने सक्ने अनुमान गरिएकाे छ ।













0 प्रतिकृया