Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


विनियोजन विधेयक २०८० बहुमतले स्वीकृत, जेठ ३२ देखि शिर्षकमाथि छलफल

एक्सन खबर
जेठ, २९, २०८०


विनियोजन विधेयक २०८० बहुमतले स्वीकृत, जेठ ३२ देखि शिर्षकमाथि छलफल

काठमाडौं, २९ जेठ । ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । साेमबारकाे प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेकाे विनियोजन विधेयकमाथि प्रस्ताव बहुमतबाट पास भएकाे हाे ।

यही जेठ ३२ देखि असार १२ गतेसम्म विनियोजन विधेयकका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि छलफलका लागि तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराएका छन् ।

विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. महतले जनताको जीवनस्तर उकास्न, जनतालाई समृद्धि प्रदान गर्न, रोजगारी सिर्जना गर्न र उद्योग व्यवस्थाको प्रवर्धनका विषयलाई समेटेर बजेट विनियोजन गरिएकाे बताए ।

स्वास्थ्य, शिक्षा, पूर्वाधार, शान्तिसुरक्षा र सुशासन प्रवर्द्धन गर्नेतर्फ बजेट विनियाेजन गरिएकाे मन्त्री महतकाे भनाइ छ । स्वास्थ्य बीमा, विभिन्न गहन प्रकृतिका रोगको उपचार र पछि परेको क्षेत्रका लागि बजेट विनियोजन गरिएकाे दावी अर्थमन्त्रीकाे छ ।

तर, विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले)का सांसदले आर्थिक हिसाबले पछि परेकालाई ठोस व्यवस्था नभएको बताउँदै उपचार नपाएर जीवन गुमाउने र शिक्षामा पहुँच पुर्या्उने विषयमा बजेटले ठाेस याेजना नबनाएकाे जिकीर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले राजनीतिक व्यवस्था बलियो बनाउने र अन्तर प्रदेशबीच समन्वय कायम गर्ने मामिलामा कमजोर रहेको तर्क गर्दा नेकपा एकीकृत समाजवादीका अम्बरबहादुर थापाले बजेट ठोस र परिणाममुखी नभई टालटुले हिसाबले बनेकाे जिकीर गरे ।

सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले बजेटमा नवीनता र निरन्तरता भए पनि कार्यान्वयनको पक्षमा चुनाैति रहेकाे बताए । जसपाकी रञ्जुकुमारी झाले बजेटले धेरै पक्ष समेटेपनि गरिबीकाे रेखामुनि रहेका जनतालाई माथि उठाउने गरी कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासमा कमजाेर रहेकाे चर्चा गरिन् ।













0 प्रतिकृया