महानगरद्वारा अनाधिकृत रूपमा चलेका दुइ अस्पताल सिल
एक्सन खबर
काठमाडाैं, ३० जेठ । अनाधिकृत रूपमा सञ्चालनमा रहेकाे दुइ अस्पताल सिल गरिएकाे छ । काठमाडौं महानगरपालिकाले सोमबार बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हाे ।
महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनुगमनका क्रममा अस्पताल बिना दर्ता सञ्चालन गरिएको पाइएकाेले सिल गरिएको बताए । 'ती अस्पतालले सम्बन्धित निकायमा दर्ता समेत नगरेको र मापदण्ड पालना नगरी सञ्चालन गरिएको भेटिए पछि सिल गरिएकाे हाे,' उनले भने ।
बन्द गरिएका दुवै अस्पताल १५–१५ शैय्याका हुन् । बाैझकाे चाइनिज पिपुल्स अस्पतालमा पाइल्स, फिस्टुला र अक्युपङ्चरको उपचार हुने गर्दथ्याे । जडिबुटीकाे सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको थियाे ।
लक्षित वर्गलाई उपलब्ध गराउनुपर्ने सेवा उपलब्ध नगराउने स्वास्थ्य सेवा प्रति महानगर प्रमुख बालेन शाह कठाेर देखिएका छन् । केहि दिन अगाडी मात्रै सार्वजनिक सूचना नै जारी गरी महानगरले १० प्रतिशत विपन्न नागरिकलाइ निःशुल्क स्वास्थ्य सेवा नदिए कारवाही गर्ने चेतावनी दिएका थिए ।
0 प्रतिकृया