स्वास्थ्य उपचारका लागि सभापति देउवा पत्नीसहित सिंगापुर उडे
एक्सन खबर
काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर उठेका छन् । स्वास्थ्य उपचारका लागि देउवा पत्नी आरजुसहित सिंगापुर उठेका हुन् ।
उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । २/२ वर्षमा स्वास्थ्य फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा देउवा सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।
उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।
0 प्रतिकृया