Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


केएमसीद्वारा नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण (भिडियाे सहित)

एक्सन खबर
असार, १, २०८०


केएमसीद्वारा नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण (भिडियाे सहित)

काठमाडौं, १ असार । काठमाडौं मेडिकल कलेजद्वारा नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । बिहीबार कलेजले एमविविएस, विपिडी, विडिएस, विएस्सी नर्सिङ २०२३ ब्याचको शैक्षिक कार्यक्रममा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत डा. केपी शर्माले पूर्वीय मेडिकल एजुकेशनमा पूर्वीय दर्शनको पढाई नभएपनि पूर्वीय दर्शनको सेल्फ स्टडी गर्नैपर्ने बताए । ‘तपाईहरुले पूर्वीय दर्शनको सेल्फ स्टडी गर्नैपर्छ । र पूर्वीय दर्शनसँग मोर्डन साइन्सको एकरुपता कहाँ छ भन्ने खोज्नै पर्छ ।’ हाम्रो पूर्खाहरुले सृजना गरेको चिजहरु पश्चिमाहरुले लगेको दावी गर्दै डा. शर्माले बुद्धका बचन, बेदमा सत्य कुनै शक्तिबाट ब्रम्हाण्डको जन्म भएको बताएजस्तै विज्ञानमा पनि कुनै परम शक्तिबाट संसारको जन्म भएको उल्लेख गरेको बताए ।



डा. शर्माले मेडिकल पढ्ने विद्यार्थी किताबको किरो मात्र भएर नहुने बताउँदै बाहिरी ज्ञानसमेत हासिल गर्नुपर्नेमा जोड दिए । ‘मेडिकल पढ्ने विद्यार्थीले किताबको किरो भएर मात्रै हुँदैन । तपाईहरुले जाँचमा राम्रो नम्बर ल्याउँदैमा म राम्रो मान्दिन, पूर्वीय दर्शनको राम्रो जानकारी लिन जरुरी छ ।’ विश्वमा चरम भौतिकवादको विकास भएको भन्दै भौतिकवादको जननी आध्यात्मिकवाद भएको जिकीर गरे ।

कार्यक्रममा विद्यार्थीहरुलाई कलेजको शैक्षिक पाठ्यक्रम, होस्टल, लाइब्रेरी लगायतका बारेमा जानकारी दिइएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

कार्यक्रममा प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठ, हस्पिटल डाइरेक्टर सुमन श्रेष्ठ, सहायक प्रिन्सिपल डा. शुसिल खरेल, डेण्टल कोअर्डिनेटर डा. भागवत भट्टराई, डा. मेगा प्रधानले बोलेका थिए भने, कार्यक्रममा जनरल मेनेजर नारायण दाहाल, एडमिन अफिसर प्रेम प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो ।   














0 प्रतिकृया