Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


बीच सडकमै पल्टियो लगनखेल आउँदै गरेको बस

एक्सन खबर
असार, २, २०८०


बीच सडकमै पल्टियो लगनखेल आउँदै गरेको बस

काठमाडाैं, २ असार । ललितपुरको इमाडोलकाे बीच सडकमै बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो ।

दुर्घटनामा १० मिटर घिस्रिएकाे बस तिब्र गतिमा रहेकाे अनुमान गरिएकाे छ । बसमा २४ जना सवार थिए । ६ जनाको अवस्था सामान्य रहेको छ । घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीले जानकारी दिए ।

बसका चालक २४ वर्षीय सुजन समेत घाइते छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।













0 प्रतिकृया