Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


प्रिमच्योरिटीको रेटिनोपैथीको उपचार गर्न केएमसी र तिलगंगा आँखा प्रतिष्ठान विच सहकार्य

एक्सन खबर
असार, २, २०८०


प्रिमच्योरिटीको रेटिनोपैथीको उपचार गर्न केएमसी र तिलगंगा आँखा प्रतिष्ठान विच सहकार्य

काठमाडौं, २ असार । उमेर नपुग्दै जन्मिएका शिशुहरुमा हुने अन्धोपना (प्रिमच्योरिटीको रेटिनोपैथी) को उपचारमा काठमाडौं मेडिकल कलेज र तिलगंगा आँखा प्रतिष्ठान विच सहकार्य भएको छ । उमेर नपुग्दै जन्मिएका शिशुहरुमा हुने अन्धोपनाको उचित उपचारमा तिलगंगा आँखा प्रतिष्ठान र केएमसी विच आज एक समारोह विच सहकार्य भएको हो ।

सहमति अनुसार उमेर नपुग्दै जन्मिएका शिशुहरुको उपचारमा तिलगंगा आँखा अस्पतालबाट सहयोग पुर्याउने र काठमाडौं मेडिकल कलेजले तिलगंगा आँखा अस्पतालबाट रिफर भएर आएका शिशु तथा बालबालिकाहरुलाई सुलभ तरिकाले उपचार गर्ने सहमति गरिएको हो ।

आँखा रोग सम्बन्धी विज्ञताको अध्ययनको लागि आँखा रोग विभाग र बाल रोग विभाग तथा नवजात शिशु विभागका रेजिडेन्ट डाक्टरहरुलाई तिलगंगा आँखा अस्पतालले सिमित अवधिको लागि तालिम प्रदान गर्न सहमति गरिएको छ । सहमति पत्र अनुसार केएमसीका आँखा रोग, बाल रोग तथा नवजात शिशु विभागका रेजिडेन्ट डाक्टरहरुलाई तिलगंगा आँखा अस्पतालले तालिम दिनेछ ।

सहमति पत्रमा केएमसीका तर्फबाट वरिष्ठ प्रशासक प्रेमप्रकाश थापा र तिलगंगा आँखा अस्पतालको तर्फबाट वरिष्ठ प्रशासक पिताम्बर अधिकारीले हस्ताक्षर गरेका छन् ।  

सहमति पत्रमा हस्ताक्षर भएकै दिन बाल रोग, आँखा रोग र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा प्रिमच्योरिटीको रेटिनोपैथी सम्बन्धी सिएमएलएस कार्यक्रम पनि नगरिएको थियो । उक्त कार्यक्रममा ५० भन्दा बढी डाक्टर नर्सहरुको सहभागिता रहेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

अस्पतालको स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन दक्ष जनशक्ति व्यवस्थापनसँगै अत्याधुनिक प्रविधि भित्र्याइरहेको केएमसीले विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न सेवाहरु थप गरिरहेको प्रमुख कार्यकारी अधिकृत डा.केपी शर्माले जनाएका छन् ।  














0 प्रतिकृया