नेकमा जैविक भूगर्भीय रसायनीक गतिशिलतामा प्रवचन
एक्सन खबर
असार १, ललितपुर । वायुमण्डलमा हुने कार्वनडाइअक्साइड नामक रसायनको मात्रा बढ्दै जाँदा जलवायुको अत्याधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतरा प्रवल हुँदै गएको र यस प्रकृयालाई राम्ररी नबुझेसम्म समस्याको भरपर्दो समाधान निकाल्न नसकिने प्राध्यापक डाक्टर माया प्रकाश भट्टले बताएका छन् ।
असार १ गते नेपाल इन्जिनियरिङ कलेज (नेक)मा भएको विभिन्न परिदृश्यहरूको जैविक रासायनिक गतिशीलता विषयक शिर्षकमा प्रवचन दिँदै प्रा. डा. भट्टले माटोमा भएको जीवाणुहरूले प्रयोग गर्ने अक्सिजनको मात्रा पनि बढ्ने र माटोमा रहेको पाइराइट धातु अक्सिजनसँग रियाक्शन भई अक्सिजन फेरी माटोमै मिसिने भएकोले प्राकृतिक तवरबाट नै कार्वनडाइअक्साइड र अक्सिजनको सन्तुलन कायम हुने अनुमान आफ्नो शोधबाट आएको जिकीर गरे ।
अन्तरराष्ट्रिय ख्यातिप्राप्त पेशागत जर्नलहरूमा दर्जनौं शोधपत्रहरू प्रकाशन गरिसकेका डा. भट्ट अमेरिकाको टेक्सास राज्यमा रहेको टेक्सास ए एण्ड एम विश्वविद्यालयमा प्राध्यापन तथा शोध कार्यमा संलग्न छन् ।
केही पश्चिमा वैज्ञानिकहरूले पृथ्वी मुनी रहेको भौगोलिक प्लेटहरू माथि आउने क्रममा माटोमुनी रहेका रसायनहरू हावासँग प्रतक्ष्य सम्पर्कमा आई रसायनीय प्रकृयाबाट वायुमण्डलमा अक्सिजनको मात्रा बढ्न गई हावाको तापक्रम घट्ने संकेत दिइरहेको बेलामा डा. भट्टले यहाँको माटोमा भएको जीवाणुहरूले प्रयोग गर्ने अक्सिजनको मात्रा पनि बढ्ने र माटोमा रहेको पाइराइट धातु अक्सिजनसँग रियाक्शन भई अक्सिजन फेरी माटोमै मिसिने भएकोले प्राकृतिक तवरबाट नै कार्वनडाइअक्साइड र अक्सिजनको सन्तुलन कायम हुने दावी गरे ।
विश्वका अन्य देशहरू र नेपालकै लाङटाङ हिमाल क्षेत्रमा गरिएको अनुसन्धानबाट एउटै निश्कर्ष निस्किएको जानकारी दिँदै डा. भट्टले नेपालमा मात्र अनुसन्धान गर्न आधारभुत तथ्याङ्कको कमि रहेकोले विदेशी संस्थाहरूसँग सहकार्य गरी नेपाली र विदेशी क्षेत्रमा सँगै काम गर्दा शोध परिणामको वस्तुगत तुलना गर्न सकिने र यसले शोध परिणामको विश्वसनियता बढ्ने जानकारी दिए ।
नेपालमा जल तथा मौसम विज्ञानलाई नै आफ्नो पेशागत कार्यक्षेत्र बनाएमा विज्ञहरूको छाता समुह सोहम नेपाल तथा नेकको अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सोहम नेपालका उपाध्यक्ष शिव कुमार महतो, महासचिव केएन दुलाल तथा नेकबाट रबर्ट डंगोल, प्रतिक सिं ठकुरी, डा. नारायण प्रसाद कोजु तथा अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमका विद्यार्थीहरूले भाग लिएका थिए।
कार्यक्रमको अध्यक्ष तथा नेकका प्राचार्य तथा सोहम नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठले यस प्रकारको शोध कार्यक्रममा नेपालका शोधकर्ताहरूलाई पनि समावेश गर्ने वातावरण बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
0 प्रतिकृया