Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


अख्तियारद्वारा जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशकविरूद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

एक्सन खबर
असार, ४, २०८०


अख्तियारद्वारा जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशकविरूद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ४ असार । जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक विरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारी मुद्दा दर्ता गरेको हाे ।

सहायक प्रवक्ता देवीप्रसाद थपलियाले उनीविरूद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ स्रोत नखुल्ने तवरले सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको जानकारी दिएका छन् । अवकाश प्राप्त राजभण्डारी विभागकाे महानिर्देशकको रूपमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

उनी २०५१/११/३० देखि २०७९/५/३१ सम्म सरकारी सेवामा रहेका थिए । अख्तियारले उनको आय पारिश्रमिक बचत आय, उनकी श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त आय र शेयर बिक्रीबाट प्राप्त आयस्रोतमाथि अनुसन्धान गरेको थियो ।

कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका ऋण, घर बहाल, वैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, बिप्रेषण आय, शेयर लाभांश आयलगायत समेत अनुसन्धान गर्दा ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँमात्रै वैधानिक आय स्रोत खुलेको अख्तियारले जनाएको छ ।

पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ जफत गरी जरिवाना र कैद सजायको माग समेत अख्तियारले गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।













0 प्रतिकृया