Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


चार दलीय समाजवादी मोर्चाको घाेषणा ? (पूर्णपाठसहित)

एक्सन खबर
असार, ४, २०८०


चार दलीय समाजवादी मोर्चाको घाेषणा ? (पूर्णपाठसहित)

काठमाडाैं, ४ असार । समाजवादी मोर्चा घोषणा गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित चार दलीय मोर्चा घोषणा गरिएको हो ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।

घाेषणा कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोर्चा कसैको विपक्षमा नरहेको बताए । मोर्चा कुनै परिवर्तनका पक्षधर, गणतन्त्रका पक्षधर, उत्पीडित जाति समुदायका विरुद्ध परिलक्षित नभएकाे र क्षणिक र आवेगमा मोर्चा गठन नगरिएको पनि जिकीर गरे ।

उनले मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ पनि माेर्चामा आउन आग्रह पनि गरे । नयाँ शिराबाट तिता मिठा अनुभवको समीक्षा गर्दै जनताको हकलाई सुनिश्चित गर्न समाजवादतर्फ लैजान माेर्चा गठन भएको उनकाे भनाइ छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई घुर्क्याउन र तर्साउन गठन नगरिएको बताउँदै मोर्चाबाट कोही आत्तिनु नपर्ने बताए ।

‘हामीमा कुनै संर्किणता र आग्रह पनि छैन । मैले सुनिरहेको छु–केही केही नेताहरूलाई परेको रहेछ कि यो मोर्चा बन्नुमा दुई वटा कुरा छ । यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न । कसैलाई तर्साउन र मुकाबिला गर्न मोर्चा बनाएको होइन ।’ नेपालले भने ।

पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गरे । ‘म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस् ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक संघर्षबाट अझै उपलब्धी हासिल गर्नुपर्ने भएकाले मोर्चाको आवश्यकता रहेको बताए । ‘संघर्षद्वारा उपलब्धी हासिल गर्न बाँकी छ । कृषि, पर्यटन उद्योग, आर्थिक सम्भाव्यताको क्षेत्रको विकास गर्नुपर्ने छ । नागरिकहरूलाई आर्थिक, सामाजिक सुरक्षाको प्रत्याभूति गराउनु छ,’ उनले भने ।

आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने देश कुन हो भन्दा नेपाल भन्नुपर्ने दुःखद् स्थिति भएको बताउँदै नागरिकता विधेयक राेक्नुपर्ने कुनै कारण नभएकाे बताए ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नेपाली जनता फेरि एकपटक उठ्न जरूरी रहेको बताए । निराशाले बिसर्जन गर्ने र यसले शासकलाई मात्र फाइदा गर्ने भएकाले एकपटक फेरि जर्‍याकजुरूक उठ्न आवश्यक रहेको बताए ।

विगतमा आत्मविश्वास, जोश र निर्भिकताका साथ गरेको योगदानले नै परिवर्तन सुनिश्चित भएको र अब ती परिवर्तनको रक्षाका लागि र समाजवादतर्फको यात्राका लागि एकपटक पुन उठ्न आवश्यक रहेको विप्लबकाे भनाइ छ ।













0 प्रतिकृया