त्रिविका उपप्राध्यापक चलाउने अनशनमा
एक्सन खबर
काठमाडौं, ४ असार । आफूलाई आक्रमण गर्ने माथिको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने अनशन बसेका छन् ।
सरकारको निर्णयविरुद्ध काठमाडौं जिल्ला अदालतमा आमरण अनशन गर्न पुगेका चलाउनेलाई प्रहरीले अदालत परिसरबाटै नियन्त्रणमा लिएको थियो । उनलाई आजै छाडिएको थियो ।
उपप्राध्यापक चलाउनेले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयअगाडि अनशन थालेका हुन् । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन अवस्थामा रहँदा सरकारले आक्रमण गर्नेमाथिको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी त्यसको विरोधमा अदालत पुगेका थिए ।
0 प्रतिकृया