स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि युवतीको हेलिकप्टरमार्फत उद्धार
एक्सन खबर
काठमाडौं, ५ असार । बाग्लुङकाे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बाग्लुङ, निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन् । स्वास्थ्य केन्द्रमा पनि हिजाे दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको छ ।
ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख केशव थापाका अनुसार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार गरिएकाे हाे ।
सुनारको सुत्केरी हुने मिति १७ दिन अगाडि रहेको छ । उनको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने हुँदा पोखरा पठाइएको हाे । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आवश्यक जनशक्ति र उपकरण नभएकाले हाेलिकप्टर मार्फत उद्दार गरी पाेखरा पठाइएकाे हाे ।
‘लामो समयदेखि व्यथा लागे पनि बच्चा जन्मन नसक्दा आमा र बच्चा दुवैको ज्यान खतरामा हुने हुँदा पोखरा पठाएका हौँ, यही शल्यक्रिया गर्ने भनेका थियौँ तर जटिल बन्दै गएपछि तत्काल हेलिकप्टर माग गरेर पठायौँ।’ प्रमुख थापाले भने ।
0 प्रतिकृया