Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


प्रतिनिधि सभामा आजः ४ वटा मन्त्रालयको बजेट माथि छलफल

एक्सन खबर
असार, ५, २०८०


प्रतिनिधि सभामा आजः ४ वटा मन्त्रालयको बजेट माथि छलफल

काठमाडाैं, ५ असार । आगामी आर्थिक वर्ष २०८०/०८१ काे विनियाेजन बजेट माथिकाे छलफल प्रतिनिधि सभामा जारी छ । साेहि क्रममा आजकाे प्रतिनिधि सभाको बैठकमा ४ वटा मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुनेछ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज ४ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन्। संसद सचिवालयका अनुसार आज शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो । बजेटमा सत्ता पक्षकै सांसदहरूले विराेध गरिरहेका छन् ।













0 प्रतिकृया