Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


उपप्रध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निवेदनमा सुनुवाइ अस्वीकार

एक्सन खबर
असार, ५, २०८०


उपप्रध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निवेदनमा सुनुवाइ अस्वीकार

काठमाडौं, ५ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदनमा सुनुवाइ गर्न जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ ।

पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेश भएको भन्दै न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले त्यस्तो निवेदन सुनुवाइ गर्न अस्वीकार गरेको हो ।

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे हिजो निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा निवेदन पेश गरेको थियो । त्यो निवेदन मुद्दाको पुरक निवेदनको रुपमा पेशीमा चढेर इजलासमा पुग्नुपर्नेमा सोझै मिसिलसहितको फाइल न्यायाधीशकोमा पुगेको थियो ।

मुद्दा फिर्ता लिने तयारी भएको थाहा पाउनासाथ प्रेम चलाउनेका कानून व्यवसायीहरु त्यसको प्रतिवाद गर्न अदालत पुगेका थिए ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाए । प्रतिनिधिसभा बैठकमा उहाँले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र नेविसंघका विद्यार्थीहरुलाई दण्डित गर्न माग गरे ।

उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले अनसन सुरु गरेका छन् ।













0 प्रतिकृया