Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल, ६ अर्ब बढी बिगाे र जरिवाना

एक्सन खबर
असार, ५, २०८०


कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल, ६ अर्ब बढी बिगाे र जरिवाना

काठमाडौं, ५ असार । बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरिएकाे छ । विशेष अदालतले  कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल, बिगो र जरिवाना नै ६ अर्ब बढी तिर्नुपर्ने फैसला गरेकाे हाे ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार उनीहरूमा उक्त रकम दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ बिगो तिर्नुपर्ने भएकाे छ ।

राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।

गठित आयोगले आर्थिक वर्ष २०६९/०७० सम्मको कर बक्यौता फर्छ्यौट गर्ने अधिकार पाएकोमा ३० अर्ब ५२ करोड रुपैयाँको कर विवाद राफसाफ गरेका आयोगका पदाधिकारीहरुले ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा दाखिला गर्ने निर्णय गर्दै २१ अर्ब रुपैयाँ मिनाहा गरिदिएका थिए ।













0 प्रतिकृया