Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंह सहित ३ जनाकाे निधन

एक्सन खबर
असार, ५, २०८०


गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंह सहित ३ जनाकाे निधन

काठमाडाैं, ५ असार । गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङमा भएको गाडी दुर्घटनामा मन्त्री सिंह सहित ३ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको बझाङमै निधन भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हाे ।

सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले मन्त्री सिंहकाे निधन भएकाे जानकारी दिए । मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । उनीसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो । जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको थियाे ।













0 प्रतिकृया