Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


काठमाडौं महानगरले तोक्यो गौरव र स्वर्णिम योजना, साउन १ गतेदेखि प्लास्टिक प्रयाेगमा प्रतिबन्ध (पूर्णपाठ)

एक्सन खबर
असार, ६, २०८०


काठमाडौं महानगरले तोक्यो गौरव र स्वर्णिम योजना, साउन १ गतेदेखि प्लास्टिक प्रयाेगमा प्रतिबन्ध (पूर्णपाठ)

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम मार्फत गाैरव र स्वर्णिम याेजना घाेषणा गरेकाे छ । महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजनासँगै स्वर्णिम योजना घोषणा गरेको हाे ।

अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगरको गौरवकाे योजना भनिएको छ । गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने  भनिएकाे छ ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरबासीको दैनन्दिनका समस्या समाधान गर्न, महानगरपालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनिएको बताए ।

महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने छ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने नगरप्रमुख शाहले बताए ।

यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति समेत लिएको छ । निर्माण गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भनिएकाे छ ।

महानगर क्षेत्रभित्रका सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्याङ्की, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना स्थानान्तरण गर्न कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति लिइएकाे छ ।

हेर्नुस नीति तथा कार्यक्रमको पूर्णपाठ :













0 प्रतिकृया