आइसिसी विश्वकप क्रिकेटः विश्व विजेतासँग भिड्दै नेपाल
एक्सन खबर
काठमाडाैं, ७ असार । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज तेस्रो खेल खेल्दैछ । अमेरिकासँगकाे खेलमा जित दर्ता गरेपछि उत्साहित नेपाली टाेली आज वेस्ट इन्डिजसँग जितकाे खाेजीमा हुनेछ ।
नेपाली समय अनुसार १२:४५ बजेट सुरू हुने खेलमा नेपालले आज टेस्ट टिम वेस्ट इन्डिज विरूद्ध खेल्न लागेकाे हाे । यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो । उसकाे आज दाेश्राे खेल हाे । नेपाल र वेस्ट इन्डिजबीच एकदिवसीय खेलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन् । नेपालले आज वेस्ट इन्डिजसँग खेलेपछि अर्काे खेल नेदरल्याण्डसँग खेल्नेछ ।
यी दुई मध्ये एक खेलमा जित निकाल्न सकेको अवस्थामा नेपालको सुपर सिक्स पुग्ने सम्भावना हुनेछ । समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् ।
पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्ने र त्यहाँ एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन् । शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद ।
वेस्ट इन्डिजको टोली :
शाई होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), शमाह्र ब्रुक्स, यानिक कारियाह, केसी कार्टी, रोस्टन चेश, जोनसन चाल्र्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, किमो पल, निकोलस पुरन र रोमारियो शेफर्ड ।
0 प्रतिकृया