Follow us:


Follow us

१९ वैशाख २०८१, बुधवार
१९ वैशाख २०८१, बुधवार


सांसदद्वय सुनिल शर्मा र दिनेश यादवको पहलमा सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर


सांसदद्वय सुनिल शर्मा र दिनेश यादवको पहलमा सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ७ असार । नेपाली कांग्रेसका नेता सांसद डा. सुनिल शर्मा तथा सांसद दिनेश यादवको संयुक्त पहलमा विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेजले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् ।

मधेश प्रदेशको सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. ३ स्थित शम्भुनाथ नगरपालिका वडा नंं १, राजगढ गाउँपालिका वडा नं. ३ र ४ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २१ सय बढी सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य शिविरमा उक्त क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब तथा विपन्न समुदायका नागरिक बढी लाभान्वित भएका छन् ।

स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, बाल रोग, स्त्री रोग, नसा तथा हाडजोर्नी, दन्त रोग तथा जनरल मेडिसिनका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य जाँच गरेको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

शिविरमा स्वास्थ्य चाँज गराउन आएका ५५ जना बिरामीको शल्यक्रियाद्वारा उपचार गर्नुपर्ने देखिएको थियो । उल्लेखित बिरामीहरुको शल्यक्रियामा नोबेल र केएमसीले ५० प्रतिशत छुट दिने बताइएको छ ।

मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल कुमार शर्माले नोबेल र केएमसीसँगको सहकार्यमा लगातार निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेका छन् । स्वास्थ्य सेवालाई सर्वसाधारणको घरदैलोमै पुर्याउने डा. शर्माको अभियानबाट हज्जारौं गरिब, विपन्न नागरिक लाभान्वित भइरहेका छन् ।

राजनीतिसँगै समाजसेवा र व्यवसायमा सक्रिय डा. शर्मा पछिल्लो समय ओशो सन्यासी बनेका छन् । गतहप्ता मात्रै काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा ९ दिन लामो ध्यानपछि बोधिसत्व  स्वामी आनन्द अरुणबाट दीक्षा लिएर अब चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा आफुलाई लगाएका छन् ।  

















0 प्रतिकृया