Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


टिकाटालाे गरेर फर्कँदै गरेकाे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

एक्सन खबर
असार, ८, २०८०


टिकाटालाे गरेर फर्कँदै गरेकाे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं, ८ असार । बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गाेरखाकाे शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।

गाेरखा जिल्ला प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पाँच जनाको मृत्यु भएको भनेर जानकारी दिए । ‘आज बिहान मैले घटनाकाे बारेमा जानकारी लिँदा प्रहरीले पाँच जनाको शव भेटिएको भनेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।’ उनले भने ।

बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर भएकाे दुर्घटना भएकाे गाडीमा १८/१९ जना सवार थिए भन्ने खुलेको भुसालले भने । बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली दुर्घटनास्थलमा खोज तथा उद्धार कार्यमा खटिएका छन् ।













0 प्रतिकृया