Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


संघीय संसदः सांसदहरूले साेधेकाे प्रश्नकाे जवाफ दिँदै मन्त्रीहरू

एक्सन खबर
असार, १०, २०८०


संघीय संसदः सांसदहरूले साेधेकाे प्रश्नकाे जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं, १० असार । विनियाेजन विधेयक २०८० अन्तरगत आज बाट प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले सांसदहरूले साेधेकाे प्रश्नकाे जवाफ दिने कार्य सुरू हुँदैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै, आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ । विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

बजेट छलफलको क्रममा सांसद्हरुले समावेसी वितरण नभएको आरोप लगाइरहेका छन् । सत्तारुढ दलहरूले नै असन्तुष्टि जनाएपछि बजेटका केही बुँदा संशोधन गरेर पारित गर्ने तयारीमा सरकार छ ।













0 प्रतिकृया