Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


धादिङबेसीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

एक्सन खबर
असार, ११, २०८०


धादिङबेसीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

धादिङ, १० असार । काठमाडौं मेडिकल कलेजले धादिङबेसीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । आइतबार शहिद मेमोरियल अस्पताल निलकण्ठ नगरपालिका वडा नं. ३ सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

उक्त स्वास्थ्य शिविरमा ९११ जना बिरामीको केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका छन् । शिविरमा आएका मध्ये ९२ जनाको इसिजी, १०९ जनाको ल्याब परीक्षण तथा १०५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा ११ जनाको दाँत खोलिएको तथा ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

केएमसीले निःशुल्क स्वास्थ्य शिविर ल्याएको छ भन्ने थाहा पाएर सो क्षेत्रका आम सर्वसाधारण आफ्नो स्वास्थ्य जाँच गराउन पुगेका थिए । शिविरमा आएकाहरुलाई केएमसीका अनुभवी तथा दक्ष चिकित्सकहरुले स्वास्थ्य जाँच गर्दै उनीहरुमा देखिएको स्वास्थ्य समस्या अगवत गराउनुको साथै स्वस्थ आहारविहार, जीवनशैली र उपचार पद्दतिका बारेमा सचेतना पनि दिएका छन् ।

शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी र जनरल मेडिसिन विभागका चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रुपमा गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाई रहेको छ । समाजसेवी, हाल प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मा केएमसीको कार्यकारी अध्यक्ष पदमा रहँदा सुरु गरिएको स्वास्थ्य शिविरले काठमाडौं उपत्यका देखि तराई हुँदै कर्णालीको अतिदुर्गम स्थल कालिकोटसम्मका जनताले सेवा पाइरहेका छन् ।


















0 प्रतिकृया