Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


प्रतिनिधि सभामा आज बजेट पारितको प्रस्ताव पेस हुदै, कांग्रेस, माओवादी केन्द्रकाे ह्वीप

एक्सन खबर
असार, १३, २०८०


प्रतिनिधि सभामा आज बजेट पारितको प्रस्ताव पेस हुदै, कांग्रेस, माओवादी केन्द्रकाे ह्वीप

काठमाडाैं, १३ असार । प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाे छ । बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्नेछन् ।

सत्ता गठबन्धनमै रहेका दलहरूले बजेट संसोधन गर्नुपर्ने माग राख्दै आएकोमा सरकारले संसोधान विना नै बजेट पारितका लागि प्रस्ताव पेस गर्ने भएकाे छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

बजेट समावेशी नभएकाे भन्दै गठबन्धनका घटकहरू जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले बजेट पास गर्ने कि नगर्ने विषयमा संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा, राप्रपा लगायतले पनि बजेटकाे विराेध गरिरहेका छन् ।

बजेट पारितको प्रस्ताव पेस हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय  योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम्  उपराष्ट्रपतिको कार्यालयको  विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका  प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेकाे संसद सचिवालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

त्यसपछि खर्चकटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै बजेट पारितको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।













0 प्रतिकृया