प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थाले : प्रधानमन्त्री
एक्सन खबर
काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालेको जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा संलग्न रहेकाहरु पक्राउ पर्न थालेको जानकारी दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेका तथा मिटरब्याजीमाथिको कारबाहीले हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको बताए । यसले लोकतन्त्रको सर्भिसिङ सुरु भएको उनको भनाइ छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको र यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
यस्तै उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र सुधारिँदै गएको बताए । आफूले सरकारको नेतृत्वमा सम्हाल्दा देशको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन लागेको भाष्य सृजना गरिए पनि त्यसो हुन नदिएको बताए ।
अहिले देशको अर्थतन्त्र सकारात्मकतर्फ जागेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डका अनुसार देशका सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।
0 प्रतिकृया