Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै संसद अवरुद्ध

एक्सन खबर
असार, १३, २०८०


बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै संसद अवरुद्ध

काठमाडौं, १३ असार । प्रमुख प्रतिपक्षी दल एमालेसहित प्रतिपक्षी दलले संसद अवरुद्ध गरेका छन् । बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै उनीहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले संदन अवरुद्ध गरेका हुन् । मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतसँग भएको सहमति कार्यान्यवन नगरी सदन अगाडि बढ्न नसक्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाइरहे पछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।
 













0 प्रतिकृया