विनियोजन विधेयक २०८० बहुमतले पारित
एक्सन खबर
काठमाडौं, १३ असार । विनियोजन विधेयक २०८० बहुतले पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा. प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
बैठकमा २५५ जना सांसद उपस्थित रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले जानकारी दिए । गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो ।
त्यसअघि विनियोजन विधेयक २०८० पारित भएको सभामुख घिमिरेले जानकारी दिँदा एमालेका सचेतकले विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरुलाई नलागेकाले मतविभाजन गर्न माग गरेका थिए ।
सभामुख घिमिरेले २८ जनामध्ये बढी सदस्यहरुले उठेर मतविभाजनको माग गरिएकाले सोहीअनुसार मतविभाजन गरिएकाे थियाे ।
0 प्रतिकृया