Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


फजुल खर्च छाडेर जन्मदीन मनाउन बाल आश्रममा

एक्सन खबर
असार, १४, २०८०


फजुल खर्च छाडेर जन्मदीन मनाउन बाल आश्रममा

काठमाडौं, १३ असार । जन्मदीन भन्ने वित्तिकै साथीभाई आफन्त र परिवारजनसँग खुसीयाली साटासाट गर्ने, क्लब जाने, रमाइलो गर्ने भन्ने बुझिन्छ । तर, क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनका संस्थापक निर्देशक शिशिर सिंखडा भने फरक छन् । उनी हरेक वर्ष आफ्नो जन्मदीन विशेष बनाउँछन् ।

यो पटक पनि शिशिर सिंखडाले आफ्नो जन्मदीन अनाथ आश्रमका रहेका बालबालिकाविच मनाए । बुधबार अत्तरखेल, जोरपाटीस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशनको बाल गृहमा आश्रित ३५ जना बालबालिकाहरुलाई उनले खाना खुवाए । फलफुल वितरण गरे साथै, उनीहरुको लागि स्टेशनरी समेत वितरण गरे । बाल गृहकालागि चामल, नुन तेल लगायतका खाद्यान्न सामग्री पनि हस्तान्तरण गरेका सिंखडाले सानै भएपनि बालबालिका र बाल गृहकालागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘मेरो व्यक्तिगत सहयोगले ठूलो गर्जो नटर्ला तर, जन्मदीन, चाडपर्व या कुनै सन्दर्भ पारेर क्लब, पार्टीमा लाखौं खर्च गर्नेहरुलाई सामाजिक काम गर्न उत्प्रेरित गर्छ कि भन्ने हो ।’ जन्मदीनमा गर्ने फजुल खर्चबाट थोरै भएपनि जोगाएर सामाजिक काम गर्दा त्यसले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने शिशिर सिंखडाको भनाई छ ।

त्यसो त सिंखडा आफ्नो परिवारका कुनैपनि सदस्यको जन्मदीनमा लाखौं फजुल खर्च गरेर मनाउने पक्षमा छैनन् । परिवारका सदस्यहरुको चाहना भएपनि त्यसलाई औपचारिकताका साथ पुरा गर्दै केही न केही सामाजिक काम गर्न उनी रुचाउँछन् । ‘भोज भतेर गरेर, दारुपानी खाएर लाख लाख खर्च गर्नुभन्दाको सन्तुष्टि सामाजिक क्षेत्रमा छ । भोज भतेरले क्षणिक आनन्द दिएपनि कालान्तरमा स्वास्थ्य र पैसा दुवैको बर्बादी पनि हो ।’ उनी भन्छन् ।

शैक्षिक परामर्श व्यवसायमा विगत १५ वर्षदेखि सक्रिय सिंखडाले व्यवसाय र समाज सेवालाई सँगसँगै लगिरहेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत पनि हरेक नागरिकले समाज र राष्ट्रका लागि योगदान पुर्याउनु पर्ने बताउँने सिंखडाले राज्यको मात्रै मुख ताकेर बस्ने हो भने देश अगाडी बढ्न नसक्ने जिकीर गरे । ‘राष्ट्रले गर्ला, सरकारले गर्ला भनेर मात्र बस्दा धेरै ढिलो हुन्छ । आफ्नो आँगनमा फोहर छ राज्य आएर सफा गर्दिन्छ भनेर फोहरमाथि कुल्चिएर हिँड्नु भनेको आफैं दुषित हुनु हो ।’ आफ्नो क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्नु नै असल नागरिकको धर्म रहेको उनको धारणा छ ।



















0 प्रतिकृया