Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


सरकार र सिंगो संसद एनआरएनएको पक्षमा: उप्रधानमन्त्री खड्का

एक्सन खबर
असार, १४, २०८०


सरकार र सिंगो संसद एनआरएनएको पक्षमा: उप्रधानमन्त्री खड्का

मस्कट, १४ असार । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

 ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्दै  खड्काले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै दूत गतिमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।  

 मन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे । उनले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने विश्वास दिलाए ।

खड्काले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए । मन्त्री खड्ककाले एनआरएन नागरिकता छिट्टै कार्यान्वयनमा आउने विषयमा बोल्दै भने, 'संविधानले परिकल्पनागरे अनुसार नागरिकता ऐन आएको छ छिट्टै नियमावलीको काम सकिन्छ । काम सुरु भइसकेको छ । सरकार र सिंगो संसद एनआरएनएको पक्षमा छ ।'

उनले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए ।   उनले भने, 'विदेशमा सिकेको ज्ञान सीपलाई जुन क्षमता र हैसियत मा सकिन्छ त्यसरी प्रयोग गर्न छलफल गरौँ सरकारले गर्ने निर्णय गर्छ ।'  मन्त्री खड्काले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन आग्रह गरे ।

सम्मेलनका बिशिष्ठ अतिति पूर्व उपप्रधानमन्त्री एवं संघीय संसदका माननीय सांसद रघुवीर महासेठले गैरआवासीय नेपाली संघलाई सक्रिय र बलियो  बनाउ जोड दिए । उनले संस्था भित्र एकता कायम गरि  एकीकृत रुपमा अघि बढाउन नेपालका राजनीतिक दलहरुले कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए ।













0 प्रतिकृया