सेमिफाइनल पुग्न नेपाल मलेसियासँग भिड्दै
एक्सन खबर
काठमाडौं, १५ असार । नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुदैँछ । मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।
सो खेल बिहान ७:१५ बजेबाट सुरू हुँदैछ । पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उद्देश्यसहित मैदानमा उत्रिन लागेको हो ।
नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
0 प्रतिकृया