Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


पहिरोको चपेटामा मुग्लिन नारायणगढ सडक खण्ड अबरुद्ध

एक्सन खबर
असार, १५, २०८०


पहिरोको चपेटामा मुग्लिन नारायणगढ सडक खण्ड अबरुद्ध

काठमाडौं, १५ असार । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध भएको छ । हिजो साँझ देखि पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर पहिरो गएका कारण पहिराे पन्छाउने कार्य सुचारु गर्न सकिएको छैन । उसका अनुसार मुग्लिनबाट करिब दुई किलोमिटर पश्चिम नारायणगढतर्फ तीन नम्बर पुल निर पहिरो खसिरहेका कारण हिजो देखि यातायात सुचारु गराउन नसकिएकाे हाे ।

पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको जनाउँदै जाममा परेका सवारी साधनको लामो लाइन लागेको र पहिराे राेकिने बितिक्कै मेशिन लगेर पहिराे पन्छाउने याेजनामा प्रहरी रहेकाे जनाइएकाे छ ।

हाल काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।















0 प्रतिकृया