Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने युवराज पक्राउ

एक्सन खबर
असार, १५, २०८०


माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने युवराज पक्राउ

काठमाडौं, १५ असार । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-३ मदनपुर घर भई काठमाडौं टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई पानीजहाजमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।

ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-५ कालोपुलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  













0 प्रतिकृया