Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


फ्रान्स हिंसा: ४० हजार प्रहरी मैदानमा, ८७५ प्रदर्शनकारी पक्राउ

एक्सन खबर
असार, १६, २०८०


फ्रान्स हिंसा: ४० हजार प्रहरी मैदानमा, ८७५ प्रदर्शनकारी पक्राउ

पेरिस, १६ असार । फ्रान्समा चौथो दिनसम्म पनि हिंसा जारी रहेको छ । एक १७ वर्षीया युवाको प्रहरीले गोली हानेर मारेपछि सोको विरोधमा सयौं मानिसहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।

सो क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय र सार्वजनिक पुस्तकालयमा आगजनी गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि पटाका समेत प्रहार गरेका छन् ।

फ्रान्सको आन्तरिक मन्त्रालयले सो हिंसा नियन्त्रण गर्नका लागि अहिले फ्रान्सका सडकमा ४० हजार प्रहरी तैनाथ गरेको छ । सो हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ८७५ प्रदर्शनकारी पक्राउ गरेको छ ।

प्रहरीका अनुसार यी प्रदर्शनकारीहरूमध्ये अधिकांश १४ देखि १८ वर्षका किशोरकिशोरीहरू रहेका छन् । फ्रान्स २४ को रिपोर्ट अनुसार प्रदर्शनकारीहरूले तीन दिनमा ४ सय ९२ भवनमा क्षति पुर्याएका छन् भने २ हजार सवारीसाधनमा आगजानी गरेका छन् । सो क्रममा ३८ सय ४८ अन्य स्थानमा आगजानी र तोडफोड भएका छन् ।  

गत जुन २७ मा फ्रान्सको राजधानी पेरिसको उपनगरीय इलाका नान्तेरेमा ट्राफिक सिग्नलमा नरोकेपछि १७ वर्षीय बालक नाहेललाई प्रहरीले गोली हानेको थियो । ड्राइभिङ लाइसेन्स नभएका अरबी मुलका ती किशोरलाई गोली हानेर प्रहरीले मारेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भएपछि पेरिसमा एक्कासी हिंसा र दंगा फैलिन पुगेको हो ।














0 प्रतिकृया