Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


संसदीय मामिला पत्रकारको अध्यक्षमा मनोज सत्याल निर्वाचित

एक्सन खबर
असार, १६, २०८०


संसदीय मामिला पत्रकारको अध्यक्षमा मनोज सत्याल निर्वाचित

काठमाडौं, १६ असार । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज भएको ८ औं अधिवेशनमा अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् ।

अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए ।महासचिवमा भने जयसिंह महरा निर्विरोध भएका थिए । निर्वाचित सत्यालले ६४ मत ल्याए । यस्तै, खड्काले ४४ र सापकोटाले २७ मत ल्याइन् । उपाध्यक्षद्धयमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध भएका थिए । यस्तै, कोषाध्यक्षमा अमुल थापा निर्विरोध निर्वाचित भए ।

सचिवद्धयमा सविता शर्मा (समावेशी) र गुञ्जनराज गिरी निर्वाचित भए । केन्द्य्रीय कार्यसमिति सदस्यहरुमा राजु थापा, कमलराज भट्ट, रोमन आचार्य र रघुनाथ बजगाईँ (खुला) तर्फ निर्वाचित भए भने समावेशीतर्फ अञ्जना लामिछाने र मिरा बस्नेत निर्वाचित भए । फोटोतर्फ सिला तिमिल्सिना र भिडिओेतर्फबाट विनोद कटुवाल निर्वाचित भएका छन् ।













0 प्रतिकृया