Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


विनिमय दरः डलर र युराेकाे भाउ यथावत

एक्सन खबर
असार, १७, २०८०


विनिमय दरः डलर र युराेकाे भाउ यथावत

काठमाडौ, १७ असार । नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको छ ।     

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको थियाे भने युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको थियो ।  

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४७ पैसा र बिक्री दर १६६ रूपैयाँ २३ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ८७  रुपैयाँ १४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९ पैसा तथा दक्षिण काेरियन वान १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसामा काराेबार गर्न सकिन जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयामा काराेबार हुनेछ ।













0 प्रतिकृया