Follow us:


Follow us

११ कार्तिक २०८३, मङ्गलवार
११ कार्तिक २०८३, मङ्गलवार


राष्ट्रियसभाः बिनियोजन बिधेयकमाथि मन्त्रालयगत रुपमा छलफल हुने

एक्सन खबर
असार, १८, २०८०


राष्ट्रियसभाः बिनियोजन बिधेयकमाथि मन्त्रालयगत रुपमा छलफल हुने

काठमाडौं, १८ असार । आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।  

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रीपरिषद सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

यसैगरी, बैठकमा बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ ।

साथै, शिक्षा मन्त्री अशोककुमार राईले बिद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वबिद्यालय बिधेयक २०७९ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो बिधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख रहेको छ ।













0 प्रतिकृया