ललिता निवास जग्गा प्रकरणमा थप दुई पक्राउ
एक्सन खबर
काठमाडौं, १८ असार । बालुवाटार जग्गा काण्डले चर्चित बनेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार थप दुईजना गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको आरोप लगाइएको छ । सो प्रकरणमा हालसम्म आठजना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेर छुटेका थिए ।
प्रकरणमा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री रहेका विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, तत्कालिन भौतिक योजना मन्त्रालयका सचिव दीप बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारीलाई पनि निगरानीमा राखेको छ ।
0 प्रतिकृया