फाइनल जित्ने दाउमा नेपाल र मलेसिया भिड्दै
एक्सन खबर
काठमाडौं, १९ असार । आज नेपाल र मलेसियाका बिचमा क्रिकेट प्रतिस्पर्धा हुदैँछ । एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ । जसअनुसार अहिले बिहान ७: १५ बजेवाट सुरु हुनेछ ।नेपालले यसअघि दुईवटा उपाधी हासिल गरिसकेको छ ।
आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्ने उद्देश्यसहित मैदानमा उत्रन लागेको हो । यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो ।
यता हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । दुवै खेलाडी आज आफनो जादु प्रदर्शन गर्ने तयारीका साथ मैदानमा देखिन लागेका हुन् ।
0 प्रतिकृया