प्रतिनिधि सभा र राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीलाई आफ्नै बाेली गलपासाे
एक्सन खबर
काठमाडौं, २० असार । प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे बैठक बस्दैछ । प्रतिनिधिसभाकाे बैठक अपराह्न ३ बजे बाेलाइएकाे छ भने, राष्ट्रिय सभाकाे बैठक अपरान्ह १ बजे बाेलाइएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रीतम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।
सुरूमा ३० मिनेटका लागि स्थगित बैठक पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको थियो । एमालेले प्रधानमन्त्रीकाे उक्त अभिव्यक्ति विरूद्ध राजिनामा माग गरेकाे छ ।
यस्तै, राष्ट्रिय सभामा पनि एमालेले प्रधानमन्त्रीकाे राजिनामा प्रमुख बटमलाइन बनाएकाे छ । हिजो दिउँसो २:३० बजे बोलाईएको बैठक आधा घन्टा स्थगित गरी ३:०० बजे बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख एमालेले अडान कायम राखेका कारण दिउँसो ४:४६ बजे बोलाईएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाईएको हो ।
एमालेले प्रधानमन्त्रीकाे राजिनामा मागिरहँदा राप्रपा, रास्वपा लगायतका दलले पनि प्रधानमन्त्रीकाे अभिव्यक्तिकाे विराेध गरेका छन् ।
0 प्रतिकृया