Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविरः २ हजार बढी बिरामी लाभान्वित

एक्सन खबर
असार, २३, २०८०


हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविरः २ हजार बढी बिरामी लाभान्वित

मकवानपुर, २३ असार । काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा २ हजार बढी बिरामी लाभान्वित भएका छन् । हेटौंडा हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा आयोजित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा २ हजार १ सय २० जना बिरामीकाे स्वास्थ्य जाँच गरिएकाे हाे ।

निःशुल्क स्वास्थ्य शिविरकाे उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले गरिब तथा विपन्न बिरामीलाई केएमसीकाे निःशुल्क स्वास्थ्य शिविरले निकै फाइदा पुर्याउने बताइन् । उनले आगामी दिनमा पनि केएमसीसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन् ।

केएमसीका जेनेरल मेनेजर नारायण दाहालले स्वास्थ्य शिविरमा आम नागरिकलाइ अस्पतालकाे स्वास्थ्य सेवाका बारेमा जानकारी दिँदै केएमसीले नयाँ नयाँ उपचार प्रविधिहरू भित्र्याइरहेकाे बताए । समय नपुगिकन जन्मिएका शिशुहरूकाे उपचारका लागि केएमसीले नेपालमै पहिलाे पटक आमाकाे गर्भाशयमा जस्ताे वातावरण हुन्छ त्यस्तै वातावरणमा शिशुलाई राख्ने उपकरण समेत थप गरिएकाे र मिर्गाैला प्रत्याराेपण सेवा समेत थालिएकाे बताए ।

यस्तै, केएमसीले गंगालाल अस्पतालकाे भन्दा अत्याधुनिक जर्मन प्रविधिकाे उपकरणबाट मुटुराेगकाे विशेष सेवा दिन थालेकाे जनाउँदै एमआरआइ, सिटि स्क्यान जस्ता अत्याधुनिक सेवाहरू प्रदान गरिरहेकाे दाहालले जानकारी दिँदै बागमती प्रदेशका जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न केएमसी प्रतिबद्ध रहेकाे जानकारी दिए ।

२ दिनसम्म चलेकाे शिविरमा ५७४ जनाको भिडियो एक्सरे, ५२२ जनाको रक्त परीक्षण, ३५० जनाको इसीजी र २५१ जनाको इको गरिएको थियाे । शिविरमा ५१ जनाको दाँत फुकालिएको र शिविरमा उपचार सम्भव नभएका  १०५ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ ।

शिविरका लागि केएमसीबाट विशेषज्ञ डाक्टरहरुसहित ३५ जनाको टोलीले बिरामीहरूकाे स्वास्थ्य जाँच गरेका थिए । शिविरमा केएमसीले पाठेघरकाे मुखकाे क्यान्सर पत्ता लगाउने उपकरण समेत लगेकाे थियाे ।

 केएमसीकी अध्यक्ष सोइना शर्माले गरिब तथा विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे बताउँदै यस अभियानलाई निरन्तर अगाडी बढाउने बताइन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरकाे सुरूवात गरेका थिए ।
















0 प्रतिकृया