Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


इक्यानभित्रको फोहर पखाल्न देवी दासको स्वतन्त्र उम्मेद्वारी

एक्सन खबर
असार, २५, २०८०


इक्यानभित्रको फोहर पखाल्न देवी दासको स्वतन्त्र उम्मेद्वारी

काठमाडौं, २४ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लाई पूर्णतः व्यवसायीको साझा संस्था बनाउने, राजनीति र गुट उपगुटबाट मुक्त गर्ने अभियानसहित देवी दास भट्टराईले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय भट्टराईले इक्यानलाई पूर्णरुपमा व्यवसायीको साझा संस्थाका रुपमा स्थापित गर्नकै लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

पछिल्लो ६ वर्षयता केही निश्चित व्यक्तिको वरीपरी रुमलिएको इक्यानलाई देशभरका शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्थाका रुपमा रुपान्तरण गर्न स्वतन्त्र तवरले अध्यक्षको उम्मेद्वारी दिने निर्णय गरेको इक्यानका बर्तमान कार्य समितिका प्रथम उपाध्यक्षसमेत रहेका भट्टराईले जिकीर गरे । ‘केही वर्षयता इक्यान अमुक व्यक्ति र गुटको कब्जामा छ । बर्तमान कार्य समितिमै रहेर गुट उपगुटको राजनीति नगरौं भनेपनि कतै सुनुवाई भएन ।’ अब स्वतन्त्र रुपमा अध्यक्षमा निर्वाचित भएर संस्था भित्रको फोहर पखाल्ने रणनीति बनाएको भन्दै भट्टराईले भने ।

पछिल्लो समय शैक्षिक परामर्श सम्बन्धी राज्यले ल्याएका कतिपय नीति निर्देशिकाहरु व्यवसायी मैत्री नहुँदा त्यसका विपक्षमा संगठित रुपमा आवाज उठाउन नसकिएको स्वीकार्दै आफु निर्वाचित भएर गएको अवस्थामा व्यवसायीमैत्री नीति निर्देशिकाका पक्षमा सशक्तरुपमा आवाज उठाउने बताउँछन् । ‘राजनीतिक पार्टी र गुटको बलमा संस्थामा जाँदा उनीहरुको निर्देशन अनुसार चल्नु पर्दोरहेछ । स्वतन्त्र रुपमा काम गर्न नपाईने रहेछ । मैले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, सम्मानीत गर्विलो पेशाका रुपमा उभ्याउने अठोट लिएकोले कुनै वाद र विचारधाराबाट प्रभावित नभईकन अगाडी बढ्ने सोच बनाएको हुँ ।’ जसरी नेपाली राजनीतिमा परिवर्तनको धार देखिएको छ त्यसरी नै इक्यानलाई सुधार्न नयाँ धार जन्मनुपर्ने भट्टराईको तर्क छ ।

साथसाथै, इक्यानलाई प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउने उनको सपना छ । ‘पारदर्शिता र प्रविधिमैत्री हुनुपर्छ भनेर लामो समयदेखि उठेको आवाज हो तर, नेतृत्वमा गएकाहरुले यसलाई कहिल्लै गम्भिरतापूर्वक सोचेनन् ।’ आफु निर्वाचित भएर गएको अवस्थामा पारदर्शिता र प्रविधिमैत्रीको एजेण्डा कुनैपनि हालतमा लागू गर्ने उनको अठोट छ ।

शैक्षिक परामर्श व्यवसायीहरु इक्यानको सदस्य बन्दा गर्व गर्न सक्ने संस्था बनाउने, केन्द्रदेखि मोफसलमा रहेका शैक्षिक परामर्श व्यवसायीलाई आइपर्ने समस्यालाई तत्काल रेस्पोन्स गर्नसक्ने संयन्त्र निर्माण गर्ने, राज्यले ल्याउने ऐन नीति निर्देशिकाहरुलाई व्यवसायी मैत्री बनाउन पहल गर्ने, राज्य र सरोकारवाला निकायसँग प्रभावकारी लविङ गर्ने तथा शैक्षिक परामर्श व्यवसायलाई शिष्ट, मर्यादित बनाउने अध्यक्षका उम्मेदवार भट्टराईका प्राथमिकताका विषय हुन् ।

इक्यानीयन भित्र शान्त, शालिन र बाैद्धिक व्यक्तित्वका रूपमा परिचित देविदास भट्टराई इडियू कन्सल्टेन्सीका सञ्चालक हुन् ।

मेरो उम्मेद्वारी किन ?
शैक्षिक परामर्श व्यवसायको मर्यादा कायम राख्न ।
सरकारी निकायको यस क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन ।
समग्र शैक्षिम परामर्श व्यवसायीको हितमा कार्य गर्न ।
यस क्षेत्रमा बैदेशिक लगानीको विपक्षमा प्रभावकारी रूपमा वकालत गर्न ।
संस्थाको स्थायी सम्पत्तिको रुपमा आफ्नै भवन तयार गर्न ।
सदस्यहरुको सम्मानका खातिर इक्यानलाई उभ्याउन ।
शाखाहरुको अधिकार थप गरी अझ ब्यवस्थित गर्न ।
इक्यानलाई पारदर्शी, प्रविधिमैत्री र सदस्यमैत्री बनाउन ।
इक्यानका सदस्यहरूकाे क्षमता विकास गरी अझ व्यवसायीक बनाउन ।
राष्ट्रिय अन्तराष्ट्रिय रूपमा इक्यानकाे छवि उकासी व्यवसायिक क्षेत्र फराकिलाे बनाउन ।













0 प्रतिकृया